Text scrolling

सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई यो हेरिसकेपछि मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Monday, November 9, 2015

तिहार विशेष गजल- सबैका घरघरमा लक्ष्मी आओस तिहारमा_राम शरण श्रेष्ठ


सबैका घरघरमा लक्ष्मी आओस तिहारमा                                                 

झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट 
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप 
र बुलबुलम २०७० तिहार विशेषमा बाचन भएको

No comments:

Post a Comment